सहकारीलाई तथ्याङ्कपश्चात कर चुक्ता प्रमाणपत्र दिने राजस्व विभागको निर्णय

काठमाडाैं | साउन ५, २०७९

सहकारीलाई तथ्याङ्कपश्चात कर चुक्ता प्रमाणपत्र दिने राजस्व विभागको निर्णय

 

काठमाण्डौँ:   आन्तरिक राजस्व विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई समष्टिगत विवरण अनिवार्य ‘कोपोमिस’ प्रणालीमा प्रविष्ट गरेपछिमात्र कर चुक्ता प्रमाण पत्र दिने निर्णय गरेको छ । 

 

राजस्व विभागले गत महिनाको २८ गते (मंगलबार)सुचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो । 

 

शाखा अधिकृत प्रदीप रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सम्बन्धित संघ संस्थाहरुले समिष्टगत रुपमा ‘कोपोमिस’ प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ र सोही प्रणालीमार्फत सिर्जना हुने दाखिला नम्बर आन्तरिक राजस्व कार्यालयमा पेश भएपछि मात्र करचुक्ता प्रमाण पत्र दिइने छ ।’

 

प्रकाशित सुचनामा ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यलयलाई सबै सहकारी संघ संस्थाहरुले प्रणालीमा प्रविष्ट गरेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन अनुरोध गरिएको छ ।

 

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्